नियम ३१
पढ्नलाई स्कूलको प्रबन्ध गर्ने
(१) कारागारमा थुनिएका केटाकेटीहरु र प्रौढ व्यक्तिहरुको आवश्यकता अनुसार प्राथमिक, मिडिल र प्रौढ स्कूलको व्यवस्था र सो
स्कूललाई चाहिने आवश्यकीय सहायताको प्रबन्ध गरिनेछ ।
(२) उपनियम (१) बमोजिम व्यवस्था गरिएको स्कूलमा यथाशक्य कारागारमा रहेका शिक्षित व्यक्तिहरु मध्येबाट जेलरले योग्य छानी शिक्षकको रुपमा नियुक्ति गर्नेछ । शिक्षकको काम गरे बापत निजलाई मासिक साठी रुपैया“का दरले पारिश्रमिक दिइनेछ ।